दाङमा बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
गढवा गाउँपालिका – २ का २५ बर्षीय अनिल विश्वकर्मा पक्राउ परेका छन् ।
उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।
विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा पीडितको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले सेतोपाटीलाई जानकारी दिए।
प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने भएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी थापाले जानकारी दिए।