कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन्।
भोजपुरका गजेन्द्र वान्तवा राईलाई एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ गरी मंगलबार नेपाल फिर्ता ल्याइएको हो।
उनीमाथि झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्या गरेको आरोप छ। उनी मृतक सर्मिलाका श्रीमानसमेत हुन्।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।