भारतीय एयरलाइन्स र होटलहरूमा बम राखेको भन्दै झुटो सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उइकेलाई पक्राउ गरेको न्यूज १८ इन्डियाले उल्लेख गरेको छ।
उइके यसअघि सन् २०२१ मा एउटा मुद्दामा पक्राउ परेको रेकर्ड छ। उनले झुटा इमेलहरू पठाएको फेला परेपछि उनको पहिचान खुलेको र प्रहरीले नियन्त्रणमा लिएको न्यूज १८ इन्डियाले लेखेको छ।
न्यूज १८ इन्डियाले लेखेअनुसार उनी पुस्तक लेखक पनि हुन्। उनले आतंकवाद सम्बन्धी पुस्तक लेखेका छन्।