नेपाल प्रहरीमा बढुवा भएका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्।
प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एआइजीमा बढुवा भएका किरण राणा र प्राविधिकतर्फ डा. सुन्दर प्रसाद ह्योजुले दर्ज्यानी चिन्ह पाएका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राणा र ह्योजुको बढुवा गर्ने निर्णय गरेको थियो।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।