बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका नेपालीलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
जिल्ला अदालत बागलुङले असोज १४ गते नेपालीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। उनी उक्त सहकारीमा संस्थापक अध्यक्ष समेत हुन्।
यही सहकारीको पोखरा शाखा र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत पोखराका संचालक समितिका उपाध्यक्ष रहेकाले अनुसन्धानका लागि कास्कीमा बुझाइएको हो।
कास्की प्रहरीले सहकारी अपचलनको अनुसन्धानका लागि केही दिन अघि बागलुङ प्रहरीलाई पत्राचार गरेको थियो।