कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको* मृत्यु भएको छ।
आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
पलाँता गाउँपालिका वडा नम्बर ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को राडुनेटामा दुर्घटनामा परेको हो।
दुर्घटनामा ६ जना घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
मृत्यु हुनेमा पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र वडा नम्बर ३ का दमन रोकाया छन्।
यस्तै दुर्घटनामा परी १३ जना घाइते छन्।
पलाँचा गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नम्बर ५ का दोली विक, आयुशा विक र ठेगाना नखुलेका चालक धनीराम रावत घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याईएको छ। घाईते सबैको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। जीप सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष अलैपुरा जैशीले दिएको जानकारीका आधारमा यसअघि लेखिएको विषय फरक पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ- सम्पादक