मंगलबार हरिबोधनी अर्थात् ठूलो एकादशी। विशेष गरी यो पर्व तुलसी पूजा आराधनासँग सम्बन्धित छ।
त्यसो त आजको दिन भगवान् विष्णु निद्राबाट जागृत अवस्थामा फर्कने दिनका रूपमा पनि लिइन्छ।
हरिशयनी एकादशीका दिन भगवान् विष्णु क्षीर सागरमा लिन हुने र आज ब्युँझने भएकाले आज हरिबोधनी एकादशीसमेत भनिएको हो।
यो दिन भगवानको पूजा–आराधना गरी व्रत बस्नु र यस्ता तुलसी पूजन आदि क्रियाकलापमा सहभागी हुनुले धार्मिक तथा सांस्कृतिक पक्षलाई सम्मान गर्ने विश्वासलाई प्रतिविम्बित गर्छ।
आजकै दिन नदी–तलाउ, जलाशय वारपार तोरण टाँगेर झकिझकाउ तुल्याइन्छ। आजको दिन नदी, जलाशयमा तोरण टाँग्दा आत्मिक शुद्धता प्राप्त गर्न सकिने विश्वास छ।
तोरणलाई स्वर्गको प्रतीकसमेत मानिने हुनाले पशुपति समीप भएर बग्ने बागमतीमा तोरण टाँग्नेको घुइँचो छ।
हेरौं केही तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।