गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन्।
सवारी दुर्घटनाका घटना बढेको भन्दै गृहमन्त्री लेखकले आइजिपी कुँवरलाई मंगलबार मन्त्रालयमा न्यूनीकरण गर्न प्रहरी परिचालनका लागि निर्देशन दिएका हुन्।
सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारीसाधनमा यात्रु बोक्न नदिन लगायतका कामका लागि देशभरका युनिटलाई सक्रिय बनाउन मन्त्री लेखकले बताएका हुन्।
‘सडक सुरक्षा कायम गर्न प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गर्छु,’ लेखकले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्छ।’