काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार केही घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको जानकारी दिएको छ।
बिहान ८:४५ मा सार्वजनिक हुने मापनमा न्यूनतम तापक्रम घटेर आउन सक्ने महाशाखाले जनाएको छ।
काठमाडौंको अधिकतम तापक्रम शुक्रबार १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ सेल्सिय मापन भएको थियो। बुधबार ५.१ डिग्री सेल्सियस मापन भएको थियो।
केही दिन न्यूनतम तापक्रम धेरै तलमाथि नहुने महाशाखाको पूर्वानुमान छ।
शुक्रबार बिहान देशका अधिकांश स्थानहरूमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
शुक्रबार दिउँसो र राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
अन्य भूभागहरूमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।