बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले प्रकाउ गरेकाे छ।
शनिबार छबिसपाथिभेरा गाउँपालिका-१ का २४ वर्षीय धर्मराज गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जानकारी दिए।
उनका अनुसार गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको उजुरी परेको थियो। सोही आधारमा उनलाई प्रकाउ गरिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।