काठमाडौंको न्यूनतम तापक्रम केही बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको छ।
मंगलबार न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
बिहानका समयमा काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
दिउँसो भने काठमाडौंमा आंशिक बदली हुने पूर्वानुमान छ। दिउँसो घाम लाग्ने र बदली हुने क्रम चलिराख्ने मौसमविद् मानन्धरले बताइन्।
आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने महाशाखाको अनुमान छ। मंगलबार अधिकतम तापक्रम १९.३ डिग्री सेल्सियस मापन भएको थियो।
एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम?
एक साताअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसपछि बिहीबार ६.२, शुक्रबार ६.१ र शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ र मंगलबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।