कैलालीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
मंगलबार राति धनगढी उपमहानगरपालिका-३ स्थित ट्राफिक चोकमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराले जानकारी दिए।
पक्राउ पर्नेमा धनगढी-१४ का ३६ वर्षीय टेक टमाटा छन्।
मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आएका उनले साथमा चक्कु बोकेका थिए। प्रहरीले देखेर उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए। प्रहरीलाई चोटपटक नलागेको डिएसपी बोहोराले बताए।
उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।