नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ।
मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो।
५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए।
उनका अनुसार ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्।
सोमबार बेलुकी दुई स्थानीयबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुन: झडप भए पनि यकिन कारण भने नखुलेको इन्स्पेक्टर थापाले जानकारी दिए।
अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन भएको उनले बताए।