ललितपुरको इमाडोलस्थित एक घरमा आगलागी भएको छ।
मंगलबार साँझ महालक्ष्मी नगरपालिकाको कृष्णमन्दिर चोक नजिकै एक घरमा आगलागी भएको हो।
मुख्य सडक छेउमा रहेको घरमा आगलागी भएको हो।
आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीका अनुसार आगलागी भएको खबरपछि दमकल र प्रहरीको टोली पुगेको छ। घटनास्थल नजिकै प्रहरी प्रभाग इमाडोल समेत रहेको छ।
थप विवरण आउन बाँकी छ।