पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पुर्याएको योगदानको कदर गर्दै सुवेदीलाई पुरस्कार प्रदान गर्न लागेको हो।
पुरस्कार राशी एक लाख एघार हजार एक सय ११ रुपैयाँ छ।
प्रतिष्ठानका अनुसार गौरा देवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०८१ मानव अधिकार एकल महिला समूहलाई प्रदान गर्ने निर्णय भएको छ।
यसको राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ छ।
साथै देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार सदिक्षा पण्डित (हेलम्बु) र त्रिदेव पौडेल (नवलपरासी) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ।
यसको राशी पनि एक लाख एक हजार एक सय ११ रुपैयाँ छ।
पुरस्कार वैशाख २० गते नेपाल पर्यटन बोर्डको सभा कक्ष प्रदर्शनी मार्गमा आयोजित कार्यक्रममा दिइनेछ।