पाल्पामा एक महिलाको शव फेला परेको छ।
बगनासकाली गाउँपालिका ६ दुर्पक माइती घर भई सोही पालिकाको वडा नम्बर ५ मा डेरा गरी बस्दै आएकी ३४ वर्षीया गंगा माझीको शव फेला परेको हो।
शव नदीको खोचमा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लका अनुसार माझीको शव मंगलबार बिहान रम्भा गाउँपालिका ३ राम्दीस्थित कालीगण्डकी नदीको खोचमा फेला परेको हो।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।