काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईं सहित २६ लाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताए।
प्रहरीले उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
त्यसअनुसार प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
यसअघि शुक्रबारमात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। मिश्रले आफूलाई बयान र अनुसन्धान सकिएपनि
प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो। तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो।
सि.न. | नामथर | उमेर | वतन | पक्राउ मिति |
१ | गोपाल मल्ल | ३८ | जिल्ला बुटवल सैनामैना नगरपालिका वडा न. १ बनकट्टा | मिति २०८१।१२।१५ गते । |
२ | गोपिकृष्ण खड्का | ४२ | जिल्ला झापा मेचिनगर न.पा.०७ जोरसिमल | मिति २०८१।१२।१५ गते । |
३ | सन्तोष चौधरी | ४२ | जिल्ला सुनसरी बराहक्षेत्र न.पा.५ लक्ष्मीपुर | मिति २०८१।१२।१५ गते । |
४ | राम कुमार धिमाल | ५१ | जिल्ला झापा बिर्तामोड न.पा.४ मेगाबारी | मिति २०८१।१२।१५ गते । |
५ | पशुपति खड्का | ४१ | का.जि.तार्केश्वर न.पा.वडा नं.७ | मिति २०८१।१२।१६ गते । |
६ | हरिहर चौलागाई | ४२ | जिल्ला जुम्ला तातोपानी गा.पा.वडा नं. ०५ घर भई का.जि.का.म.न.पा.वडा नं.३२ | मिति २०८१।१२।१६ गते । |
७ | विष्णु पराजुली | ३९ | जिल्ला तनहुँ व्यास न.पा.२ | मिति २०८१।१२।१६ गते । |
८ | पुस्कर खतिवडा | २९ | जिल्ला झापा बुद्दशान्ति गाउँपालिका वडा नं.७ घर भई हाल जि.ललितपुर ललितपुर म.न.पा.७ | मिति २०८१।१२।१६ गते । |
९ | मनिन्द्र राज भण्डारी | ५५ | जिल्ला लमजङ सुन्दरबजार न.पा.१ | मिति २०८१।१२।१६ गते । |
१० | कुमार बस्नेत | ५९ | जिल्ला बु.न.पा.-८ | मिति २०८१।१२।१७ गते । |
११ | अनिल कुमार थापा | ५५ | जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. ६ | मिति २०८१।१२।१७ गते । |
१२ | तारानाथ बोहरा | ४६ | जिल्ला झापा कमल गा.पा.३ | मिति २०८१।१२।१७ गते । |
१३ | दान बहादुर न्यौपाने | ४३ | जिल्ला झापा दमक न.पा.७ | मिति २०८१।१२।१७ गते । |
१४ | उमेश तामाङ | ३८ | जिल्ला झापा दमक न.पा.७ | मिति २०८१।१२।१७ गते । |
१५ | भानुभक्त पौडेल | ३९ | जिल्ला झापा दमक न.पा.७ | मिति २०८१।१२।१७ गते । |
१६ | विष्णु जंग बस्नेत | ४० | जिल्ला ललितपुर लपु.न.पा.-७ बालकुमारी | मिति २०८१।१२।१८ गते । |
१७ | देवी प्रसाद संग्रौला | ४३ | जिल्ला झापा घर भई हाल का.जि.का.म.न.पा.९ | मिति २०८१।१२।१८गते । |
१८ | प्रेम थापा मगर | ४७ | जिल्ला रुपन्देही देबदह न.पा.९ | मिति २०८१।१२।१९गते । |
१९ | दुर्गा प्रसाद प्रसाई | ५४ | जिल्ला झापा बिर्तामोड न.पा.५ | मिति २०८१।१२।२९ गते |
२० | दिपक खड्का | ५१ | जिल्ला झापा बुद्दशान्ति गा.पा.३ | मिति २०८१।१२।२९ गते |
२१ | सन्तोष राजाबादी भन्ने सन्तोष सिलवाल | ३४ | जिल्ला धादिङ सिद्दलेक गा.पा.१ | मिति २०८२।०१।०६ गते |
२२ | ओम प्रसाद लुईटेल | ४८ | जिल्ला झापा अर्जुनधारा न.पा.५ | मिति २०८२।०१।०७ गते |
२३ | तेजेन्द्र रायमाझी | ४१ | जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ | मिति २०८२।०१।०८ गते |
२४ | मिनोज थापा | ४० | जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा.-३ | मिति २०८२।०१।१० गते |
२५ | मन बहादुर काला | ४० | जिल्ला गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नं. ६स्थायी घर भई हाल का.जि.का.म.न.पा.१० | मिति २०८२।०१।२५ गते |
२६ | अनिल बाबा भन्ने अनिल बस्नेत | ४७ | जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं.३ | मिति २०८२।०१।२८ गते |