नख्खु कारागारमा आगोले पोलेर एक जना कैदीको मृत्यु भएको छ।
बुधबार बिहान खाना पकाउने क्रममा आगोले पोलेर एक जना कैदी घाइते भएका थिए।
उनी घाइते भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा कैद सजाय काटिरहेका ६२ वर्षीय मिनमणि निरौलाको मृत्यु भएको हो।