कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन्। गौरीगंगा नगरपालिका-७ कैलाशपु बस्ने २५ वर्षीया तुलसी नाथ शुक्रबार बिहान ६ बजे मृत फेला परेकी हुन्।
उनी १६ दिनकी सुत्केरी थिइन्।
उनको बच्चा भने सकुशल अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए।
'उनको शव घर नजिकै सडकको नालामा भेटिएको हो,अनुसन्धान हुँदैछ,' डिएसपी सिंहले भने।
डिएसपी सिंहका अनुसार उनको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
बाँकी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।