अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
पर्सा पोखरीया नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई अख्तियारको टोलीले शुक्रबार वीरगंज महानगरपालिका-१२ चोक र वडा-३ प्रगतिनगरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन्।
अख्तियारले उनीहरूलाई विभिन्न योजनाहरूको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
अहिले पोखरीया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राम बिनायकुमार सिंह र सोही नगरपालिकाको वडा-२ का सचिव ओमप्रकाश चौरसियाको भने दुई वटा मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।