रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीले ६४ वटा सवारीसाधन बगाएको छ।
भोटेकोसी नदीमा आएको बाढीले ६४ वटा सवारीसाधन बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक सिडिओ द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार २३ वटा मालबाहक कन्टेनर, ३५ वटा इलेक्ट्रिक भेहिकल (इभी) र छ वटा ट्रक बगाएको छ।
बाढीमा ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्।