गृहमन्त्री रमेश लेखकले कैलाली कारागार कार्यालमा कैदीबन्दीबीच झडप भएको विषयमा छलफल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन्।
शनिबार अपराह्न ४ बजेपछि मन्त्रालयमै छलफल गर्नेगरी मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्।
कैदीबन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।
स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ।
यो पनिः कैदीहरूको दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि कैलाली कारागारमा तनाव