१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको समाचार संकलनमा गएका पत्रकारलाई प्रहरीले कुटपिट गरेको छ।
नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको हो। प्रहरीको कुटाईबाट सुमनको छाती र टाउकोमा चोट लागेको छ। उनको कानबाट रगत निस्किएको छ।
तेह्रौ दक्षिण एसिययाली खेलकुद अन्तर्गत फुटबलको फाइनलका लागि टिकट काट्न पुगेका दर्शकहरुले विरोध प्रदर्शन गरेपछि समुन फोटो खिच्न लागेका थिए। प्रहरीले दर्शकहरुलाई पनि कुटपिट गरेका थिए। प्रहरीले कुटपिट गरेको फोटो खिचेपछि सुमन माथि प्रहरी जाइलागेको थियो।
नेपाल प्रहरीका डिएसपी सन्तोष सिंह राठौरले दक्षिण एसिायली खेलकुदको समाचार संकलनका लागि राष्ट्रिय खेलुकद पास लगाइरहेको अवस्थामै सुमनलाई कुटपिट गरेका हुन्।
उनको अहिले राष्ट्रिय खेलकुद परिषद् भित्रकै मेडिकल कक्षमा उपचार भैरहेको छ।