दशरथ रंगशालामा जारी साग फुटबलको फाइनलमा नेपालले भुटानविरूद्ध १ गोलको अग्रता लिएको छ।
खेलको १६ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका हुन्।
कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन्।
आजको फाइनल जिते नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुम्नेछ। तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। नेपालले अहिलेसम्म तीन पटक साग फुटबलको उपाधि जितेको छ।
आज स्वर्ण जिते नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गर्नेछ। साग फुटबल इतिहासमा पाकिस्तानले चार पटक उपाधि जितेको छ।