१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्दै प्रोत्साहन स्वरूप जनही पाँच लाख दिने घोषणा गरेका हुन्।
यसका साथै प्रशिक्षणलाई पनि पाँच लाख दिइने भएको छ।
मंगलबार भएको फाइनलमा भुटानलाई २-१ अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो।