प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुदका खेलाडीहरूलाई सम्मान तथा धन्यवाद दिएका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर उनले सम्मान तथा धन्यवाद दिँदै प्रोत्साहन स्वरूप नगद दिने घोषणा समेत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गरिने भएको हो।
प्रधानमन्त्रीले स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिने घोषणा गरेका हुन्।
यसका साथै, फुटबल खेल्ने खेलाडीले जनही पाँच लाख पाउने भएका छन्।
कार्यक्रम समारोहमा प्रधानमन्त्री हँसिलो मुद्रामा देखिन्थे भने खेलाडीहरूको मुहारमा पनि छुट्टै किसिमको चमक थियो। कार्यक्रमपश्चात खेलाडीहरूले प्रधानमन्त्रीसँग फोटो सेसन गरेका थिए। सबै खेलाडीको माझमा पौडीमा ४ स्वर्ण विजेता गौरिका भने छुट्टै देखिएकी थिइन्।
उनले सेतो रङको छिरविरे वोर्डर भएको साडी पहिरिएकी थिइन्। त्यसमा उनी निकै खुलेकी थिइन्।
हेर्नुस् तस्बिरहरू: