मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध चौथो विकेट लिएको छ।
नेपालका पवन सरार्फले चौथो विकेटका लागि २६औं ओभरको पहिलो बलमा भारतका मन्जित कलरालाई आउट बनाए।
यसअघि नेपालका लागि साहब आलम, दीपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले १-१ विकेट लिएका छन्। भारतका लागि हिमांशु रानाले सर्वाधिक ४६ रन बनाएर आउट भएका थिए भने कलराले ३५ रन बनाएर आउट भए। आथार्वा टाइडे १३ रन बनाउँदा सलमान खान शून्यमा आउट भए।
नेपालले दिएको १८६ रनको लक्ष्य भारतले पछ्याइरहेको छ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। जवाफी ब्याटिङ थालेको भारतले राम्रो सुरूवात गरिरहेको छ।
हेर्नुहोस् भिडियोमाhttps://www.facebook.com/setopati/videos/1651916084878958/