अफगानिस्तानका स्पिनर राशिद खानलाई सनराइजर्स हैदराबादले अनुबन्ध ९ करोड भारतीय रूपैयाँमा गरेको छ । अघिल्लो सिजन सनराइजर्सबाटै खेलेका राशिदलाई हैदराबादले ९ करोडमा क्लबमा भित्र्याएको हो ।
खेलाडी लिलामीको पहिलो दिन शनिबार रोयल च्यालेन्जर्स र किंग्स इलेभेन पञ्जावले पनि राशिद आबद्ध गर्नका चासो देखाएका थिए ।
दुई करोडबाट मोलमोलाई सुरु भएकोमा हैदराबादले राइट दू म्याच आरटीएम कार्ड देखाउँदै १९ वर्षीय खानलाई अनुबन्ध गरेको हो। विग बास लिगमा सर्वाधिक १७ विकेट लिएका राशिद आईसीसी टि–२० को बलरमा तेस्रो वरियतामा छन्।