पाकिस्तानलाई हराउँदै भारत आइसिसि यु १९ विश्वकपको उपाधि नजिक पुगेको छ।
मंगलबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई २०३ रनको फराकिलो अन्तरले हराउँदै भारतले अष्ट्रेलियसँग फाइनल खेल पक्का गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २७२ रन बनाएको थियो। २७३ रनको लक्ष्य पछ्याएर मैदानमा आएको पाकिस्तान २९.३ ओभर खेल्दै मात्र ६९ रनमा समेटियो।
पाकिस्ताको इनिङ्स ध्वस्त पार्ने क्रममा भारतका इसान पोरेलले सर्वाधिक ४ विकेट लिए। शिव सिंह र रियान परागले समान २-२ विकेट लिए।
भारतीय बलरसामू टिक्न नसकेका पाकिस्तानी खेलाडीहरू कुनैले पनि २० रन बनाउन सकेनन्।
अब उपाधिका लागि भारतले अष्ट्रेलियाको सामना गर्नेछ। यसअघि समूह चरणमै अष्ट्रेलियालाई भारतले १०० रनले हराउँदै समूह विजेता बनेको थियो।
यसअघि पहिले ब्याटिङ गर्ने क्रममा भारतका लागि शुभमन गिलले अभिजित १०२ रन बनाउँदै सतकीय पारी खेलेका थिए। उनीबाहेक कप्तान पृथ्वी शले ४१ रन बनाए। यस्तै मनजोत कालराले ४७ रन बनाउँदै भारतलाई सम्मानजनक स्कोरमा पुर्याए।