भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५५औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। कोहलीले बुधबार दक्षिण अफ्रिका विरुद्धको तेस्रो एकदिवसीय खेलमा शतक प्रहार गर्दै करिअरको ५५औं शतक प्रहार गरेका हुन्।
१ सय ५९ बलको सामना गर्दै कोहलीले १ सय ६० रन बनाए ।१२ चौका र २ छक्का प्रहार गरेका उनले ६० रन बाउन्ड्रीबाट प्राप्त गर्दा सय रन कुदेर ल्याएका थिए।
यो उनको एक दिवसीयमा भने ३४ औं शतक हो। यससँगै उनी सचिन तेन्दुल्करको एक दिवसीयमा ४९ शतकको नजिक पुग्दै छन्। एक दिवसीय क्रिकेटमा सर्वाधिक प्रहार गर्ने खेलाडीहरुको सूचीमा कोहली तेन्दुल्करकै पछि दोस्रो स्थानमा छन् । कोहलीले पछिल्ला ६ खेलमा ४ शतक प्रहार गरेका छन् ।
यसअघि कोहलीले दोस्रो एकदिवसीय खेलमा पनि शतक प्रहार गरेका थिए। कोहलीले टेस्ट क्रिकेटमा भने २१ शतक प्रहार गरिसकेका छन्।
उनको यो कप्तानको रुपमा १२औं शतक हो। कप्तानको रुपमा बढी शतक प्रहार गर्ने खेलाडी रिकी पोन्टिङ (२२ शतक) हुन् भने एबी डिभिलियर्सले पनि कप्तानको रुपमा १३ शतक बनाएका थिए।