भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले खेलाडीहरूका लागि नयाँ करार सम्झौता गरेको छ।
यस पटक खेलाडीलाई चार समूहमा विभाजन गरेर १ करोड भारतीय रूपैयाँदेखि ७ करोड भारतीय रूपैयाँसम्म दिने भएको छ।
बीसीसीआईले आगामी २०१८ सम्मको नयाँ सम्झौताबाट मोहम्मद शामी र युवराज सिंहसहित नौ जना खेलाडीलाई बाहिर राखेको छ।
पछिल्लो वर्ष बीसीसीआईले ३२ क्रिकेटरलाई यो सूचीमा समावेश गराएको थियो। तर यो वर्ष क्याटेगोरी बढाए पनि खेलाडी संख्या घटाएर २७ पुर्याएको छ।
पूर्वकप्तान महेंद्र सिंह धोनीलाई टप क्याटेगोरी ए प्लसबाट घटुवा गरिएको छ। पहिलो पटक थपिएको 'ए' प्लस क्याटेगोरीमा धोनीलाई नराखिएको हो।
बीसीसीआईको प्रशासनिक समितिले बुधबार अक्टुबर २०१७ देखि सेप्टेम्बर २०१८ का लागि खेलाडी कन्ट्राक्ट घोषणा गरेको हो।
यसमा भारतीय सिनियर टीमका खेलाडीलाई 'ए' प्लस र महिला खेलाडीका लागि 'सी' एक नयाँ क्याटेगोरी थपेको हो।
ग्रेड 'ए प्लस' का लागि ७ करोड भारू, 'ए' का लागि ५ करोड भारू, 'बी' का लागि ३ करोड भारू र 'सी' का लागि एक करोड भारतीय रूपैयाँको करार सम्झौता गरेको हो।
धवन र बुमराहको 'ए प्लस'मा छलाङशिखर धवनलाई 'सी' बाट 'ए प्लस' र जसप्रीत बुमराहलाई 'बी' बाट 'ए प्लस' मा बढुवा गरिएको छ।
'ए प्लस' क्याटेगोरीमा यी दुईसँगै कप्तान विराट कोहली, रोहित शर्मा र भुवनेश्वर कुमारलाई राखिएको छ। यीनीहरूले अब वार्षिक ७ करोड भारतीय रूपैयाँ पाउनेछन्।
पूर्वकप्तान महेन्द्र सिंह धोनी र रविचन्द्र आश्विनलाई यो क्याटेगोरीबाट घटुवा गरिएको छ।
कार्तिक र रैनाको पुनरागमनसन् २०१७-१८ का लागि कन्ट्याक्ट सूचीमा कुलदीप यादवलाई भित्र्याइएको छ भने दिनेश कार्तिक र सुरेश रैनाको पुनरागमन भएको छ। रैनालाई 'सी' क्याटेगोरीमा राखिएको छ। कुलदीप र कार्तिकलाई 'बी' मा राखिएको छ।
शमी, युवराजसहित ९ क्रिकेटर सम्झौतामा परेनन्सन् २०१६-१७ को कन्ट्याक्टमा समावेश भएका मोहम्मद शमी, युवराज सिंह, अन्बाति रायुडु, अमित मिश्रा, मनदीप सिंह, धवल कुलकर्णी, शार्दुल ठाकुर, रिषभ पन्त र संन्यास लिइसकेका आशीष नेहरालाई यो वर्षको सम्झौताबाट बाहिर राखिएको छ।
२०१६-१७ को सम्झौतामा शमी र युवराज 'बी' क्याटेगोरीमा थिए।
कुन क्याटेगोरी मा को को?ए प्लसविराट कोहली, रोहित शर्मा, शिखर धवन, भुवनेश्वर कुमार, जसप्रीत बुमराहएरविचन्द्रन आश्विन, रविन्द्र जडेजा, मुरली विजय, चेतेश्वर पुजारा, अजिन्का रहाणे, महेन्द्र सिंह धोनी, रिद्धिमान शाहबीलोकेश राहुल, उमेश यादव, कुलदीप यादव, युजवेन्द्र चाहल, हार्दिक पाड्या, ईशान्त शर्मा, दिनेश कार्तिकसीकेदार जाधव, मनीष पाण्डे, अक्षर पटेल, करूण नायर, सुरेश रैना, पार्थिव पटेल, जयन्त यादव