क्रिस गेलले आईपिएलमा पहिलो शतक प्रहार गरेपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई हराएको छ।
हैदारावादको विजय यात्रा रोक्ने क्रममा बिहिबार पञ्जाबले १५ रनले हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सुरुवाती सबै तीन खेल जितेको हैदराबाद पञ्जाबसँग १५ रनले पराजित भए पनि रनरेटका आधारमा उ दोस्रो स्थानमा यथावत छ। पञ्जाव, हैदारावाद र कोलकाता नाइट राइडर्सको समान ६ अंक छ।
१ सय ९४ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भएपछि पराजित हुन पुग्यो।
विलियम्सले ५४ रन बनाए भने मनीष ५७ र सकिब अल हसन २४ रनमा अविजित रहे।
युसुफ पठानले १९ रन जाड्दा शिखर धवनले खाता पनि खोल्न पाएनन्। पञ्जाबका लागि मोहित शर्मा र एन्ड्रयू टेले समान २ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाबले ३ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो। यो सिजनमा पहिलो शतक पुरा गर्ने क्रममा हैदरावादविरुद्ध आक्रमक ब्याटिङ गरेका क्रिश गेलले ६३ बलमा अविजित १ सय ४ रन बनाए।
गेलले ५८ बलमा शतक पुरा गरेका थिए। जसमा ११ छक्का र १ चौका सामेल थियो । १ रन लिदै शतक पुरा गरेका उनको आइपिएलमा यो छैटौं शतक हो।
पहिलो विकेटका लागि लोकेश राहुलसँग ५३ रनको साझेदारी गरेका गेलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे। त्यस्तै तेस्रो विकेटका लागि गेलले करुण नायरसँग ८५ रन र आरोन फिन्चसँग चौथो विकेटका लागि अविजित २५ रनको साझेदारी गरे।
लोकेश र मयंकले समान १८ रन जोडे । करुनले २१ बलमा ३ चौका र १ छक्काका साथ ३१ रन जोडे । फिन्चले अविजित १४ रन जोडे ।
हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ काउलले समान १ विकेट लिए।
हैदारावादका लागि खान सबैभन्दा महङ्गा साबित भए। उनले ४ ओभरमा ५५ रन खर्चिएका थिए। ७ छक्का र १ चौका दिएका उनले १ विकेटसमेत लिए।
आजको खेलमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स भिड्नेछन्।