आयरल्याण्ड वुल्भ्सविरूद्ध नेपालको 'ए'ले ९ ओभरमा दुई विकेट लिएको छ।
टी-२० सिरिजको दोस्रो खेलमा त्रिवि मैदान कीर्तिपुरमा टस जितेर आयरल्याण्ड वुल्भ्सविरूद्ध बलिङ गरिरहेको नेपाल ‘ए’का लागि चारमध्ये तीन विकेट सागर ढकालले लिएका हुन्।
सागरले चौथो ओभरको पाँचौं बलमा आयरल्याण्ड वुल्भ्सका ओपनर जेम्स मिककोलमलाई विनोद भण्डारीबाट क्याच आउट गराए।
१३ बल खेलेका मिककोलमले ३ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए।
अर्का ओपनर रोस अदेरलाई ढकालले सातौं ओभरको दोस्रो बलमा पवन सर्राफबाट क्याच आउट गराएर अदेर २० बलमा १७ रन बनाएर खेलिरहेका थिए।
ढकालले नवौं ओभरमा दुई विकेट लिए।
ओभरको पहिलो बलमा उनले आयरल्याण्ड वुल्भ्सका स्टेफेन दोहनीलाई बोल्ड गरे। तेस्रो बलमा केड कारमाइकल रन आउट भए।
चार विकेट गुमाएपछि आयरल्याण्ड वुल्भ्सका कप्तान नेइल रक र पिटर मुर ब्याटिङमा छन्।
दसौं ओभरको खेल चलिरहँदा आयरल्याण्ड वुल्भ्स ९१ रन बनाएर खेलिरहेको छ।
सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ शुक्रबार २१ रनले पराजित भएको थियो।
सिरिजको अन्तिम खेल मंगलबार हुनेछ।