आयरल्याण्ड वुल्भ्सविरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ।
सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो।
आजको खेल जितेको अवस्थामा सिरिज जित्ने सम्भावना जिवित रहन्छ।
पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएपनि नेपाल २५.३ ओभरमा १३६ रनमात्रै बनाएर अल आउट भएको थियो।
आजको खेलमा नेपाल पराजित भए सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना जिवित रहन्छ भने पराजित भएको खण्डमा एक खेल बाँकी छँदै नेपालले सिरिज गुमाउनेछ।
यसअघि टी-२० सिरिजको अन्तिम खेलमा नेपाल १-२ ले पराजित भएको थियो।
एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ।
एकदिवसीय सिरिजको कप्तानी पनि विनोद भण्डारीले गरेका छन्।
उनीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल टिममा छन्।