आयरल्याण्ड वुल्भ्स विरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको 'ए' टिमले जितका लागि १७५ रनको लक्ष्य पाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो।
आयरल्याण्डलाई १७४ रनमा अलआउट गर्न रिजन ढकाल र शाहव आलमले तीन/तीन विकेट लिए। मौसम ढकालले दुई र कमल सिंह ऐरीले एक विकेट लिए।
आयरल्याण्डका वुल्भ्सका लागि ग्याभिन हनीले अर्धशतक प्रहार गरे। उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै ग्यारेथ डेलानीले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४५ रन जोडे भने लियाम मिककार्थील ३५ रनको योगदान गरे।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। १५७ रनको लक्ष्य पाएको पहिलो खेलमा नेपाल २१ रनले पराजित हुन पुगेको थियो। सिरिज जोगाइराख्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ।