आइपिएल २०२४ अन्तर्गत चेन्नई सुपरकिंग्सले सहज जित हात पारेको छ। आइतबार चेन्नईले कोलकता नाइट राइडर्समाथि ७ विकेट जित निकालेको हो।
पहिले ब्याटिङ गरेको कोलकताले ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो।
उसका लागि श्रेयस अय्यरले ३४ रन र सुनिल नारिनले २७ रन जोड्न सके।
बलिङमा चेन्नईका तुसार देसपाण्डे र रविन्द्र जडेजाले ३-३ विकेट लिए। मुस्ताफिजुर रहमानले २ विकेट हात पारे।
१३८ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
चेन्नईको जितमा कप्तान रुतुराज गायकवाडले ६७ रनको योगदान गरे।