पाकिस्तानले न्यूजिल्याण्ड विरुद्धको टी-२० सिरिजका लागि टोली घोषणा गरेको छ। टिममा दुई अनुभवी खेलाडीले पुनरागमन गरेका छन्।
पाकिस्तानले अप्रिल १८ देखि सुरु हुने न्यूजिल्याण्ड विरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि १७ सदस्यीय टोली घोषणा गरेको हो।
बाबर आजम पाकिस्तानको कप्तानको रूपमा फर्किएका छन्। टोलीले मोहम्मद आमिर र इमाद वासिमले पुनरागमन गरेका हुन्।
दुबैले आगामी आइसिसी टी-२० विश्वकप २०२४ को लागि आफूलाई उपलब्ध गराउन आफ्नो संन्यासको निर्णयलाई उल्टाएका थिए।
आमिर र इमादको टिममा फर्किएको विषयमा टिम प्रबन्धक वहाब रियाजले हरिस रउफको चोट र मोहम्मद नवाजको वर्तमान फर्मलाई विचार गर्दै दुई जनालाई स्थान दिइएको बताए।
पाकिस्तान टिम : बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, अब्बास अफ्रिदी, मोहम्मद रिजवान, मोहम्मद आमिर, इरफान खान, नसीम शाह, सैम अयुब, शादाब खान, शाहीन अफ्रिदी, उसामा मीर, उस्मान खान, जमान खान।