शुक्रबारदेखि ओमानमा एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता सुरू भएको छ।
विहानी शत्रमा भएको समूह ‘बी’ का खेलमा युएई र ओमानले जित हात पारेका छन्।
युएईले कुवेतमाथि ७ विकेटको जित निकाल्यो।
कुवेतले दिएको १७९ रनको लक्ष्य युएईले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
युएईको जितमा अलिसन शराफुले नटआउट ९० रन र आसिफ खानले नटआउट ७४ रन जोडे। शराफुले ४८ बलमा ८ चौका र ५ छक्का तथा आसिफले ४८ बलमै ४ चौका र ६ छक्का प्रहार गरे। दुईबीच १५३ रनको साझेदारी हुँदा युएईले सजिलै जित निकाल्यो।
त्यसअघि ओपनर मोहमद वासिम र तनिस सुरी डकआउट भएका थिए।
पहिले ब्याटिङ गरेको कुवतेले ८ विकेटको क्षतिमा १७८ रन जोड्यो। उसका लागि क्लिन्टो अन्टोले ५४ रन जोडे।
यता अर्को खेलमा आयोजक ओमानले बहराइनलाई ३ रनले पराजित गरेको छ।
ओमानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बहराइनले ८ विकेटको क्षतिमा १७४ रन जोड्यो। अन्तिम ओभरमा ओमानलाई ११ रन चाहिएको थियो। जसमा पहिलो बलमा ओमानका बिलाल खानलाई बहराइनका अहमर बिनले चौका प्रहार गरेका थिए। त्यसपछिका पाँच बलमा बिलालले तीन रन मात्र खर्चिए।
पहिले ब्याटिङ गरेको ओमानले ३ विकेटको क्षतिमा १७७ रन जोड्यो। ओमानका लागि अकिब इल्यासले ६२ रन र जीशन मक्सुदले नटआउट ४५ रन जोडेका थिए।
प्रतियोगितामा आजै नेपालले मलेसियासँग खेल्दैछ।