इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
जितका लागि पाएको १६८ रनको लक्ष्य पाएको दिल्लीले ४ विकेटमात्रै गुमाएर ११ बल बाँकी छँदै पार गर्यो।
त्यस क्रममा दिल्लीका जेक फ्रासर मिकगुर्कले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै कप्तान रिशब पन्तले २४ बलमा ४ चौकार २ छक्का प्रहार गरी ४१ रन जोडे।
पृथ्वी शले ३२, ट्रिस्टन स्टुब्सले १५ र शाइ होपले ११ रनको योगदान गरे।
बलिङतर्फ लखनउका रवि बिस्नोईले २ विकेट तथा नवीन उल हक र यश ठाकुरले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको लखनउले ७ विकेट गुमाएर १६७ रन बनाएको थियो।
लखनउका लागि आयुश बदोनीले ५५ र अर्शद खान २० रन बनाएर नट आउट रहे।
त्यसअघि ओपनर तथा कप्तान केएल राहुलले ३९ रन, अर्का ओपनर क्वीन्टन डिककले १९ रन जोडेका थिए।
अन्य ब्याटरहरू सस्तोमै आउट भए।
बलिङतर्फ दिल्लीका कुलदीप यादवले ३ र खलिल अहमदले २ विकेट लिए भने इशान्त शर्मा र मुकेश कुमारले १/१ विकेट लिए।
दिल्ली अंक तालिकाको नवौं स्थानमा छ भने पराजित भएको लखनउ चौथो स्थानमा छ। अन्तिम स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरू छ।