ओमानमा जारी एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१० रनको योगफल तयार पारेको हो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले १८ बलमा ३ चौका र ७ छक्का प्रहार गरी ६४ रन बनाएर नट आउट रहे।
त्यस्तै आशिफ शेखले ४१ बलमा ६ चौका प्रहार गरी ५२ रन बनाए।
कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ रन जोडे । कप्तान रोहित पौडेलले १८ र ओपनर कुशल भूर्तेलले १२ रनको योगदान गर्दा सन्दीप जोराले ७ रन बनाए।
बलिङतर्फ कतारका हिमांशु राथोड र मुशावर साहले ३/३ विकेट लिए भने अमिर फारूकले १ विकेट लिए।
नेपाल प्रतियोगिताको साबिक विजेता हो।
जारी संस्करणको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।