दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
एसिसी मेन्स प्रिमियर कपको दोस्रो खेलमा उनले कतारविरूद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन्।
ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा ऐरीले अन्तिम ओभरको ६ वटै बलमा छक्का प्रहार गरेका हुन्।
कतारविरूद्ध एकै ओभरमा ६ छक्का हान्दा कामरन खान बलिङमा थिए।
नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का हान्ने उनी पहिलो खेलाडी बनेका हुन्।
यसअघि दीपेन्द्रले मंगोलियाविरूद्धको खेलमा लगातार ६ छक्का हानेका थिए तर एकै ओभरमा थिएनन्।
उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बने। यसरी भारतका युवराज सिंह र वेस्ट इन्डिजका केइरन पोलार्डले पनि एकै ओभरमा छ छक्का प्रहार गरेका थिए।
उनको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको थियो।