आइपिएल २०२४ मा कोलकता नाइट राइडर्सले लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गरेको छ।
चौथो जित निकाल्दै दोस्रो स्थानमा पुगेको कोलकताले फिल साल्टको उत्कृष्ट ब्याटिङमा लखनउले दिएको १६२ रनको लक्ष्य २ विकेटको क्षतिमा १५.४ ओभरमै पूरा गर्यो।
साल्टले ४७ बलमा नटआउट ८९ रन जोडे। उनले १४ चौका र ३ छक्का प्रहार गरे। यस्तै श्रेषस अय्यरले नटआउट ३८ रन जोडे।
त्यसअघ पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६१ रन मात्र जोड्न सक्यो। उसका लागि निकोलास पूरनले सबैभन्दा बढी ४५ रन जोडे।
बलिङमा कोलकताका मिचेल स्टार्कले ३ विकेट लिए।