दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सहज जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति गुजरातले ९० रनको लक्ष्य दिएको खेलमा दिल्ली ६ विकेटले विजयी भएको हो।
झिनो लक्ष्य पछ्याउने क्रममा दिल्लीले ४ विकेट गुमायो।
दिल्लीका लागि ओपनर जेक फ्रासर मिकगर्कले २० रन बनाए। उनले १० बलमा २ चौका र २ छक्का प्रहार गरे।
साइ होपले १० बलमा १ चौका र २ छक्का प्रहार गरी १९ रन जोडे।
अभिषेक पोरेलले ७ बलमा २ चौका र १ छक्का प्रहार १५ रन बनाए।
कप्तान रिशव पन्त ११ बलमा १ चौका र १ छक्का प्रहार गरी १६ रन बनाएर नट आउट रहे।
सुमित कुमारले ९ रन बनाउँदा दिल्लीले ८.५ ओभरमै लक्ष्य पार गरेको थियो।
बलिङमा गुजरातका सन्दीप वारियरले दुई तथा स्पिन्सर जोनसन र रसिद खानले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको गुजरातले १७.३ ओभरमा अल आउट हुँदै ८९ रन बनाएको थियो।
त्यस क्रममा रसिद खानले सर्वाधिक ३० रन बनाए।
उनले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे।
साइ सुदर्शन १२, राहुल टेवाटिया १०, अभिनव मनोहर ८, शुभमन गिल ८ रन बनाएर आउट भएका थिए।
गुजरातलाई झिनो रनमा अलआउट गर्न दिल्लीका मुकेश कुमारले ३ विकेट लिए। इशान्त शर्मा र ट्रिस्टन स्टब्सले २/२ तथा खलिल अहमद र अक्षर पटेलले १/१ विकेट लिए।
अंक तालिकामा दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ।