इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्स मुम्बई इन्डियन्ससँग ९ रनले विजयी भएको छ।
गएराति भएको खेलमा मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले १९.१ ओभरमा अल आउट हुँदै १८३ रन मात्रै बनायो।
पञ्जाबलाई अल आउट गर्ने क्रममा मुम्बईका जेराल्ड कोत्जी र जसप्रित बुमराहले ३/३ विकेट लिए। त्यस्तै आकाश माधवल, हार्दिक पाण्ड्या र श्रीयाश ऐयरले १/१ विकेट लिए।
पञ्जाबका लागि आशुतोष शर्माले ६१ रन बनाए। उनले २८ बलमा २ चौका र ७ छक्का हाने।
त्यस्तै शशांक सिंहले ४१, हरप्रित ब्रारले २१ र हरप्रित सिंहले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेट गुमाएर १९२ रन बनाएको थियो।
त्यस क्रममा सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाए। उनले ५३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
ओपनर रोहित शर्माले ३६, तिलक बर्माले नट आउट ३४, टिम डेविडले १४ तथा कप्तान हार्दिक पाण्ड्याले १० रन बनाएका थिए।
बलिङतर्फ पञ्जाबका हर्षल पटेलले ३ विकेट, साम करणले २ तथा कगिशो रबाडाले १ विकेट लिए।
७ खेल खेलेको मुम्बई अंक तालिकाको सातौं स्थानमा र पञ्जाब नवौं स्थानमा छ।