एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।
ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका हुन्। उनी पनि पनि आयुष शुक्लाकै बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्।
आउट हुनुअघि आशिफ शेखले ११ बलमा ५ रनमात्रै बनाए।
योसँगै नेपालका दुवै ओपनर आउट भएका छन् ।
ओपनर कुशल भूर्तेल दोस्रो बलमै आयुष शुक्लाको बलमा जिशन अलीबाट क्याच आउट हुन पुगेका थिए।
त्यसपछि ब्याटिङमा आएका सोमपाल कामी पनि ७ बल खेलेर आउट भए।
तेस्रो ओभरको तेस्रो ओभरमा आउट हुनुअघि सोमपालले १२ रन बनाएका थिए। त्यसक्रममा उनले २ चौका हाने।
उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका हुन्।
आशिफको विकेटपछि सन्दीप जोरा ब्याटिङमा आएका छन्।
नेपाल सात ओभरमा ४४ रन बनाएर खेलिरहेको छ।
सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल बञ्चित भइसकेको छ।
इमर्जिङ टिम्स एसिया कप खेल्नका लागि आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि छ।
हङकङविरूद्धको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन।