हङकङविरूद्ध नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट
काठमाडौं, वैशाख ७
एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।
खेलको ७.५ ओभरमा नेपालका कप्तान रोहित पौडेल २१ रन बनाएर आउट भएका हुन्।
उनी अतिक इकबालको एलबिडब्लु धरापमा परे।
आउट हुनुअघि उनले १९ बलमा २ चौका प्रहार गरे।
यसअघि ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका थिए। उनलाई आयुष शुक्लाको बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्।
आउट हुनुअघि आशिफ शेखले ११ बलमा ५ रनमात्रै बनाए।
ओपनर कुशल भूर्तेल दोस्रो बलमै आयुष शुक्लाको बलमा जिशन अलीबाट क्याच आउट हुन पुगेका थिए।
त्यसपछि ब्याटिङमा आएका सोमपाल कामी पनि ७ बल खेलेर आउट भए।
तेस्रो ओभरको तेस्रो ओभरमा आउट हुनुअघि सोमपालले १२ रन बनाएका थिए। त्यसक्रममा उनले २ चौका हाने।
उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका हुन्।
कप्तान पौडेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्। नेपाल ९ ओभरमा ५४ रन बनाएर खेलिरहेको छ।
सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल बञ्चित भइसकेको छ।
इमर्जिङ टिम्स एसिया कप खेल्नका लागि आजको खेल जित्नैपर्ने दबाब नेपालमाथि छ।
हङकङविरूद्धको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन।