हङकङविरूद्ध १४० रनको लक्ष्य प्रस्तुत गरी बलिङ गरिरहेको नेपालले दुई विकेट लिएको छ।
नेपालले कमजोर ब्याटिङ गरेपनि बलिङतर्फ भने सकारात्मक सुरुवात गरेको छ।
चार ओभर सकिँदा हङकङले दुई विकेट गुमाएर २० रन जोडेको छ।
दुवै विकेट सोमपाल कामीले लिएका हुन्।
सोमपालले दोस्रो ओभरको तेस्रो बलमा हङकङका ओपनर यशिम मुरतजालाई सन्दीप जोराबाट क्याच आउट गराए।
आउट हुनुअघि यशिमले ९ रन मात्रै जोडेका थिए।
त्यस्तै चौथो ओभरको तेस्रो बलमा हङकङका कप्तान निजाकत खानलाई सोमपालले नै आशिफ शेखबाट क्याच आउट गराए।
यशिमको विकेटपछि आएका निजाकत खानले ३ रन मात्रै बनाएका थिए।
जारी प्रतियोगिताको सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपालले एसिया कप खेल्ने अवसर गुमाइसकेको छ।
अब इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउन नेपालले आजको खेल जित्नुपर्नेछ।