हङकङविरूद्ध १४० रनको लक्ष्य प्रस्तुत गरी बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका छन्।
एघारौं ओभरमा बलिङ गर्न आएका सोमपालले चौथो बलमा बाबर हायातलाई कुशल भूर्तेलबाट क्याच आउट गरेका हुन्।
सोमपालको बलमा आउट हुनुअघि बाबरले २६ बलमा २ छक्का प्रहार गरी २६ रन बनाएर खेलिरहेका थिए।
यसअघि दुई विकेट पनि सोमपालले नै लिएका हुन्।
उनले दोस्रो ओभरको तेस्रो बलमा ओपनर यशिम मुरतजा र चौथो ओभरको तेस्रो बलमा कप्तान निजाकत खानको विकेट लिएका थिए।