गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरातले पञ्जाबमाथि ३ विकेटको सहज जित निकालेको हो।
पञ्जाबले दिएको १४२ रनको सामान्य लक्ष्य गुजरातले ७ विकेट गुमाए पाँच बल बाँकी छँदै पार गर्यो।
त्यस क्रममा गुजरातका राहुल टेवाटियाले १८ बलमा ७ चौका प्रहार गरी ३६ रन बनाएर नट आउट रहे।
त्यसअघि ओपनर तथा कप्तान शुभमन गिलले २९ बलमा ५ चौका प्रहार गरी ३५ रन जोडे।
साइ सुदर्शनले ३४ बल खेलेर ३ चौका प्रहार गरी ३१ रनको योगदान गरे।
त्यस्तै ओपनर रिद्धिमन साहले १३ र अज्मतुल्लाह ओमरजइले १३ रन बनाए।
बलिङतर्फ पञ्जाबका हर्षल पटेलले ३ तथा लियम लिभिङस्टोनले २ विकेट लिए भने साम करण र अर्शदीप सिंहले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको पञ्जाबका ओपनर प्रबसिमरन सिंहले सर्वाधिक ३५ रन जोडे। अर्का ओपनर तथा कप्तान साम करणले २० रन बनाएका थिए।
त्यस्तै हरप्रित ब्रारले २९, हरप्रित सिंहले १४,जितेश शर्माले १३ रन जोडेका थिए।
बलिङतर्फ गुजरातका साइ किशोरले ४ विकेट लिएका थिए। मोहित शर्मा र नूर अहमदले २/२ विकेट तथा रसिद खानले १ विकेट लिए।
८ खेलबाट ८ अंक जोडेको गुजरात तालिकाको छैटौं स्थानमा र ४ अंक जोडेको नवौं स्थानमा छ।