वीर गणेशमान सिंह कप राष्ट्रिय टी-२० क्रिकेटमा बागमती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ।
बागमती प्रदेशले सोमबार लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गर्यो।
बाममतीले दिएको १६३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो।
उसका लागि कृष्ण कार्कीले नटआउट ३८ रन जोडे। बलिङमा बागमतीका रिजन ढकालले ३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले कप्तान रित गौतमको ५६ रनको मद्दतमा ९ विकेटको क्षतिमा १६२ रन जोड्यो।
अंक तालिकामा बागमतीको ४ खेलबाट ६ अंक छ। दोस्रो स्थानको लुम्बिनीको पनि ५ खेलबाट ६ अंक छ। आजै गण्डकीलाई ५ रन हराएर लगातार तीन जित निकालेको तेस्रो स्थानको कर्णालीले पनि ६ अंक जोडेको छ।